२ कार्तिक २०८३, सोमबार

मन्त्रालयले कर फिर्ता लिएसँगै १४ अंकले बढ्यो नेप्से

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १३.९१ अंकले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि हिजोदेखि शेयर लगानीकर्ताले कारोबार बहिष्कार गरेका थिए । सरकारले कर फिर्ता लिएपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताले बुधबार १ः०० बजेपछि कारोबार थालेका थिए । ढिला शुरु भएको बजार कारोबार शुरु भएदेखि नै बढ्न थालेको थियो ।

सूचकमा केही सुधार देखिए पनि कारोबार रकम भने रु २३ करोड ८९ लाख मात्रै भएको नेप्सेले जनाएको छ । बुधबार अन्य उपसूचकबाहेकका सूचक तथा उपसूचक उकालो लागेको थियो । आइतबारबाट आन्दोलनमा उत्रिएका लगानीकर्ता मन्त्रालयले कर फिर्ता लिएसँगै लगानीकर्ताले पनि आफ्नो आन्दोलन स्थगित गरेका छन् । –रासस