५ कार्तिक २०८३, बिहिबार

आइआइआइसीफको बैठकमा सहभागी हुन महासंघको टोली मकाउ प्रस्थान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ जेठ । अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्च (आइआइआइसीफ) को बैठकमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल मंगलवार राति मकाउ गएको छ ।

महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल ३५ सदस्यीय रहेको छ । प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उप–महासचिव तथा प्रवक्ता विष्णु बुढाथोकी, जनसम्पर्र्क अधिकृत रामचन्द्र गिरी लगायतले बिदाई गरे ।

बैठकमा निर्माण क्षेत्रको वर्तमान अवस्था तथा भविष्यबारे विज्ञहरु बीच व्यापक छलफल हुने महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । बैठकलाई प्रतिनिधिमण्डलको नेतृत्वकर्ताको हैसियतमा अध्यक्ष श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महाभूकम्पपछि नेपालमा अहिले पुर्ननिर्माण तथा नवनिर्माणको काम भइरहेकाले नेपाली निर्माण व्यवसायीहरुलाई बैठक महत्वपूर्ण हुने श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय स्तरका निर्माण व्यवसायीसँग नेपाली निर्माण व्यवसायीको सम्बन्ध बलियो बनाउन समेत बैठक फलदायी हुने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

मकाउ बैठकमा भाग लिएपछि नेपाली प्रतिनिधिमण्डले हङकङको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा हङकङले हासिल गरेको सफलताको स्थलगत अध्ययन गर्नेछ ।

प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत रहेको निर्माण व्यवसाय प्रर्बद्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष केशव कुमार शर्मा, उपसचिव बिष्णु शर्मा लगायतको सहभागिता रहनेछ । महासंघले वर्षेनी आइआइआइसीफको बैठकमा सहभागिता जनाउँदै आएको छ ।