
काठमाडौँ, २३ जेठ । कतार एयरवेजले नारायणहिटी दरबारको परिसरमा अवस्थित सबैभन्दा पूरानो बरको रुखलाई सम्मान गर्दै विश्व वातावरण दिवस मनाएको छ ।
कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि तथा कतार एयरवेजका कर्मचारीको उपस्थिति रहेको थियो । एयरलाइन्सले निरन्तर रुपमा विश्वलाई स्वच्छ र हरियो राख्ने अभियानमा प्रयासरत छ ।
कार्यक्रममा नेपालका लागि स्थानीय प्रबन्धक जयप्रकाश नैरले हरित ग्रह मानव जातीको लागि निकै महत्वपूर्ण रहेको बताए । उनले रुखबिरुवा एवं वातावरणको संरक्षण तथा स्वस्थ जीवनको लागि स्वच्छ र हरित शहरको सुरुवात गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
‘प्लास्टिक प्रदूषणलाई पराजित गरौँ’ भन्ने मूल सन्देश सहित यस वर्षको विश्व वातावरण दिवसमा विभिन्न सरकारी निकाय तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
विश्व अन्ततः जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिका समस्याहरूको विषयमा सचेत हुँदै गइरहेको र वातावरणको संरक्षणको लागि व्यापक प्रयासहरू सञ्चालन भइरहेको देखिन्छ ।















प्रतिक्रिया