२१ कार्तिक २०८३, शनिबार

सिँचाइ मन्त्रीद्वारा सिक्टा सिँचाइ योजनाको निरीक्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २२ जेठ । बाँके जिल्लाको अगैयामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री पुनले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका बासिन्दा बर्षौदेखि विद्युत्, सिँचाइ, तटबन्ध नहुँदाको समस्याबाट पिल्सिरहेको आफूलाई थाहा भएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले बाँके राप्तीपारिका जनताको समस्या समाधान गर्न सबैखाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यस अवसरमा मन्त्री पुनलाई प्रदेश ५ का सांसद कृष्णा केसीले राप्तीपारिका जनताले भोग्दै आएका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । –रासस