५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकद्वारा वृक्षारोपण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा आफ्नो प्राङ्गणमा वृक्षारोपण गरेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ‘एक कर्मचारी एक फलफूलको विरुवा’ नीतिलाई मुर्त रुप प्रदान गर्न बैंकको प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरेका हुन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।