२१ कार्तिक २०८३, शनिबार

धनुषामा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २२ जेठ । धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । –रासस