काठमाडौं, २२ जेठ । ग्लोबल आइएमई बैंकले तनहुँको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा दिने गरी एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले १२९ शाखा, १३१ एटिएम, पाँच एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ८७ शाखा रहित बैंकिङ सेवा, तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत नौ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।















प्रतिक्रिया