काठमाडौं । लोकदोहोरी गायिका धनकुमारी थापाले ‘आज मुड चल्या छ…’ बोलको गीत ल्याएकी छिन् । गीतमा गायिका पूर्णकला बिसी र गायक बिक्रम थापाले पनि साथ दिएका छन् ।
गीतको शब्द तथा संगीत करण न्यौपानेको रहेको छ । म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् ।
गायिका थापा दुर्इ दशकदेखि गायन क्षेत्रमा क्रियाशील छिन् । उनले दोहोरी साँझ खोलेर लोक दोहोरी गीतको व्यसायलाई अगाडि बढाएकी हुन् ।
गायिका थापाले अहिले पनि गीतसंगीतमा साधना गर्दै आएकी छिन् । थापाले धेरै लोक गायक गायिकाहरूलार्इ आफ्नो रोदी घरबाट स्थापित समेत गराइसकेकी छिन् ।















प्रतिक्रिया