४ कार्तिक २०८३, बुधबार

अभिनेत्री विपाशा अस्पताल भर्ना

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बिरामी भएपछि बलिउड अभिनेत्री विपाशा बसु अस्पतालमा भर्ना भएकी छिन् । विपाशालाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको छ ।

इन्स्टाग्राममा अस्पतालको बेडमा बसेको तस्बिर विपाशाले सेयर गरेकी छिन् । तस्बिरलाई एपको माध्यमबाट ‘फन्नी लुक’ दिइएको छ ।

विपाशाले लेखेकी छिन्, ‘जब सानी बहिनी अस्पतालको ड्युटीमा हुन्छिन्, अनि यस्तै हुन्छ ।’

विपाशाले ट्वीटमार्फत आफ्ना फ्यानहरूलाई सम्बोधन गर्दै लेखेकी थिइन्, ‘केवल एक ब्याक्टेरियाको संक्रमण मात्रै हो । चाँडै स्वस्थ भइहाल्छु ।’

विपाशालाई श्वास–प्रश्वाससम्बन्धी समस्या भएकाले मुम्बईको अस्पतालमा भर्ना गरिएको यसअघि समाचार आएको थियो । विपाशा केही समयदेखि अस्पताल आवत–जावत गरिरहेकी थिइन् ।

यसकारण केहीले उनी गर्भवती भएको अनुमान पनि गरेका थिए । विपाशाले करणसिंह ग्रोबरसँग सन् २०१६ मा विवाह गरेकी थिइन् । एजेन्सी