३० आश्विन २०८३, शुक्रबार

हङ्कङका दुई पूर्व सांसदसहित पाँच जनालाई जेल सजाय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ, २२ जेठ । चीनको विषेश प्रशासनिक क्षेत्र हङकङका दुई पूर्व सांसदलाई सोमबार जेल सजायको फैसला भएको छ ।

चारहप्ते जेल सजाय पाउने पूर्व सांसदहरुमा लेउङ चुङ हाङ र यौ वाइ चिङ रहेका छन् । उनीहरुका तीन जना सहयोगीहरुलाई पनि उही जेल सजाय तोकिएको समाचारमा जनाइएको छ ।

निर्वाचनपछि उनीहरुले केही कामहरु कानुन विपरित गरेको पाइएकाले जेल सजाय गर्ने निर्णय भएको अधिकारीहरुले बताएका छन् ।

कोलुन सिटी अदालतका एक जना न्यायाधिशले सिधै सांसदको स्वाभिमान मास्ने काम गरेकाले ती पाँचै जनालाई जेल सँजाय दिनु परेको बताएका छन् । सिन्ह्वा