
काठमाडौँ, २१ जेठ । एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला ‘अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८’ को सोमबार काठमाडौंको होटल याक एण्ड यतीमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले उद्घाटन गरेका छन् ।
कार्यक्रममा २८ विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरुको सहभागिता रहेको थियो जसमा विद्यार्थी र तिनका अभिभावकले प्रत्यक्ष रुपमा ती प्रतिनिधिहरुसँग कोर्स, शुल्क एवं छात्रवृत्तिसम्बन्धी आफ्ना जिज्ञासा राखेका छन् ।
कार्यक्रमको मुख्य आकर्षण प्रतिनिधिहरुद्वारा स्पट असेस्मेन्ट तथा फाइनेन्सियल एवं भिसा गाइडेन्स बुथ रहेको थियो जहाँ विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु प्रस्तुत गरे र एईसीसी ग्लोबलका दक्ष भिसा अफिसरहरुले उचित सल्लाहसुझाव सहित मद्दत पुर्याउने काम गरे ।
बैंकिङ पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंक गरी ५ विभिन्न बैंककहरुले कार्यक्रममा उपस्थित सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गरेका छन् । यस कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालको पनि सहभागिता रहेको थियो ।
‘विद्यार्थीहरु विश्व विद्यालय सम्म पुग्न नसक्ने अवस्थामा हामीले विश्वविद्यालयलाई नै विद्यार्थी सामु ल्याउने सक्दो प्रयास गरेका छौँ’, अष्ट्रेलियन शिक्षाको लागि एकीकृत समाधान प्रस्तुत गर्दै एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने ।
सन् २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधान कार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यूजील्याण्ड, क्यानडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ । संस्थामा ४० भन्दा बढी क्यूईएसी प्रमाणित शैक्षिक सल्लाहकारहरु आबद्ध रहेका छन् ।
एईसीसीले विद्यार्थीका लागि शिक्षाको आवश्यकता र तिनको जीवनमा यसको महत्वलाई बुझी योग्य तथा उत्कृष्ट विद्यार्थीका लागि कलेजमा सर्वाधिक छात्रवृत्तिका लागि उचित काउन्सिलिङ प्रदान गर्ने प्रयास गर्दछ ।
यस कार्यक्रम अब बुधबार चितवनको भरतपुर गार्डेन रिसोर्ट तथा बिहीबार पोखराको होटल पोखरा ग्राण्डीमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना गरिने छ ।















प्रतिक्रिया