
काठमाडौँ, २१ जेठ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले मूल्यवृद्धि विरुद्ध सडक आन्दोलनमा नजान विद्यार्थी संगठनहरुलाई आग्रह गरेका छन् ।
मूल्यवृद्धि फिर्ताको माग गर्दै सोमबार सिंहदरबारस्थित मन्त्रालय पुगेका विद्यार्थी नेताहरुसँग कुरा गर्दै मन्त्री यादवले तत्काल सडक आन्दोलनमा नजान आग्रह गरेका हुन् ।
नेपाल आयाल निगमा भइरहेको बेथिति अन्त्यका लागि आफू लाग्ने, मूल्यवृद्धि फिर्ताको विषयमा सोच्ने भन्दै मन्त्री यादवले केही दिनपछि छलफलका लागि पुनः बोलाउने आश्वासन दिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग विद्यार्थी नेताहरु मन्त्री यादवलाई भेट्न पुगेका थिए । अखिल अध्यक्ष नविना लामा, नेविसंघ अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलले मूल्यवृद्धि फिर्ताको माग गर्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल आयल निगममा भइरहेको वेथिति, भ्रष्टाचार, चुहावट, अनियमितता अन्त्य गरेर जनतलाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन उदासिन भई केवल अन्तर्राष्ट्रिय मूल्य समायोजनका नाममा श्रृंखलावद्ध र एकहोरो रुपमा भएको मूल्यवृद्धिप्रति विद्यार्थी नेताहरुले आपत्ति जनाएका छन् ।
दुई प्रकारको सिलिण्डर बनाएर जनता र विद्यार्थीलाई सहुलियत ग्याँस उपलब्ध गराउने यसअघिको सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएकोप्रति विद्यार्थी संगठनले ध्यानाकर्षण गराएका छन् ।
यस्तो छ मन्त्री यादवलाई बुझाइएको ज्ञापनपत्र













प्रतिक्रिया