काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी ओलीले छुवाछुत गर्नेलाई उन्मुक्ति नदिइने बताएका छन् ।
जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा दिवशका अवसरमा सोमबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
नेपालको संविधानको प्रस्तावनामा नै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामुलक समाज निर्माण गर्ने संकल्प गरेकोले त्यसको पालनामा सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ ।
सरकारको नीति तथा कार्यक्रममा जातीय भेदभाव, उत्पीडन तथा छवाछुत एवं सामाजिक कुरीतिलाई नामेट गर्ने प्रतिवद्धता व्यक्त गरिएको प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् ।
समाजका सम्पूर्ण सदस्यहरूको हातेमालोबाट नै छुवाछुत प्रथा जस्तै अन्य विकृत प्रथाहरू अन्त्य हुने प्रधानमन्त्री ओलीको विश्वास छ । यस अभियानमा सहयोग गर्न प्रधानमन्त्ती ओलीलाई सबैलाई आह्वान गरेका छन् ।












प्रतिक्रिया