सल्यान, २१ जेठ । बाघको आक्रमणबाट सल्यामा एक महिला गम्भीर घाइते भएकी छन् ।
शारदा नगरपािलका वडा नम्बर १२ डांग्री निवासी ६५ वर्षीया राधिका बोहरा बाघको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् ।
घाइते बोहराको जिल्लामा प्राथमिक उपचारपछि थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरीकार्यालय सल्यानले जनाएको छ ।
आइतबार राति करिब १ बजेतिर गाईबाख्रा बाँधेको गोठमा बाघ आएरपछि महिलालाई बाघले आक्रमण गरेको थियो ।













प्रतिक्रिया