२१ कार्तिक २०८३, शनिबार

सरकारले ल्याएको बजेट विदेभकारी छ : पूर्व सांसद साह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० जेठ । नेपाली जनता दलका अध्यक्ष तथा पूर्व सांसद हरिचरण साहले सरकारले प्रस्तुत गरेको बजेट विभेदकारी रहेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा संयुक्त दलित अधिकार मञ्च नेपाल, पार्टी निर्माण अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद साहले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘नेपालका हरेक परिवर्तनमा दलित वर्गको ठूलो भूमिका रहँदै आएको छ, तर आजको स्थितिमा दलित वर्गको कुनै स्थानमा राम्रो प्रतिनिधित्व र सहभागिता छैन्, यो अत्यन्तै दुःखलाग्दो कुरा हो ।’

त्यस्तै कार्यक्रममा अभियानमा अभियन्ता मेखराज परियारले संविधान समाजवादउन्मुख भएपनि दलित वर्गको लागि नीति तथा कार्यक्रमले सम्बोधन नगरेको आरोप लगाएका छन् ।

उनले भने, ‘संविधानले समाजवादको परिकल्पना गरेको छ, तर दलित, जनजाति, दुर्गम क्षेत्र, उत्पीडित वर्ग लगायतलाई सम्बोधन गर्ने खालको बजेट आउन सकेन, त्यसैले यस बजेटको बारेमा संशोधन हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।’

अभियानका संयोजक लक्ष्मण बर्देवाले जनताको जन–जीवनलाई सम्बोधन गर्ने बजेट वाम सरकारले नल्याएको आरोप लगाए । विभेदकारी बजेटकै कारण आफूहरु आन्दोलित हुनुपर्ने स्थिति आएको उनको भनाई छ ।