२१ कार्तिक २०८३, शनिबार

सप्तरीको भारदहमा महिलाको शव फेला

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २० जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आइतबार एक महिलाको शव फेला परेको छ ।

हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । –रासस