२ कार्तिक २०८३, सोमबार

धादिङको रानी झरनामा व्यवसायीक क्यानोनिङको शुभारम्भ, जेठ २५ र २६ गते हुने राष्ट्रिय महोत्सवको तयारी तीब्र

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धादिङ, २० जेठ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झरनामा साहसिक पर्यटकीय खेल क्यानोनिङको व्यवसायिक शुभारम्भ भएको छ ।

नेपाल क्यानोनिङ एशोसियसनको आयोजना, थाक्रे गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा शनिबार सम्भाव्यता अध्ययन कार्यक्रमको आयोजना गरी रानी झरनामा व्यवसायिक रुपमा क्यानोनिङ (छाँगावरोहण) सञ्चालनमा आएको जानकारी दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले नेपालको पर्यटन संस्कृति र प्रकृतिमा आधारित रहेको बताउँदै रानी झरनाले प्रकृति प्रेमिलाई आकर्षित गर्ने बताए । कँडेलले एकान्त ठाउँमा रहेको तीन वडा झरनाको दृश्य साहसिक खेल प्रेमिलाई मात्र नभएर एकान्त र शान्त वातावरणले लेखक साहित्यकार र सर्जकहरुको पनि मन जित्न सक्ने बताए ।

उनले यसका निम्ति पुर्वाधार विकासमा गुरु योजना बनाएर एककीकृत विकास गर्नु पर्ने औंल्याए । यस्ता योजना राष्ट्र योजनामा समेत प्राथमिकतामा रहने भएकाले राष्ट्रिय योजना आयोगले सघाउने बताए ।

कार्यक्रमका धादिङ क्षेत्र नं. १ प्रतिनिधिसभाका सांसद भूमीप्रसाद त्रिपाठीले पर्यटन नै समृद्धिको आधार भएकाले यसको विकासमा आफ्नो ध्यान केन्द्रित भएको बताए । पर्यटनले पुर्वाधारको विकासमा समेत योगदान दिने भएकाले प्रत्यक्ष व्यापार, व्यवसाय र रोजगारी सिर्जना गर्ने धारणा व्यक्त गर्दै सांसद त्रिपाठीले रानी झरनालाई केन्द्रित गरेर थाक्रेको समग्र विकास गर्न आफुले सरोकारवाला निकायमा पहल गर्ने बताए ।

कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले रानी झरना थाक्रेको लुकेको स्वर्ग भएको उल्लेख गर्दै भौतिक पुर्वाधारमा गाउँपालिकाले योजना बनाए विकास गर्ने बताए । अध्यक्ष आचार्यले भने, ‘यहाँ चाहिने भौतिक पुर्वाधार हामी खडा गरिदिन्छौं, व्यवसायी मित्रहरु होटेल, रिसोर्टको प्रस्ताव लिएर आउनुहोस सुरक्षा र लगानीको वातारण मिलाउने जिम्मा स्थानीय सरकारले लिन्छ ।’

अध्यक्ष आचार्यले रानी झरना सहित थाक्रेको वडा नं. ७ मा रहेको खामभञ्ज्याङ, पोखरीचौर, वडा नं. ३ को भुमिचुली, वडा नं. ८ को गणेशचौरलाई पर्यटनको फरक फरक विधाको विकास गरी प्रवर्द्धन गर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य पूर्णबहादुर कुँवरले रानी झरनाको संभाव्यता अध्ययनले व्यवसायीक सञ्चालन गर्न योग्य ठहरिएकाले आगामी दिनमा यसको प्रवद्र्धन र भौतिक संरचना विकास गर्न वोर्ड प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा टानका पुर्व उपाध्यक्ष रामप्रसाद सापकोटाले काठमाडौंबाट एक घण्टामा पुग्न सकिने रानी झरनाले व्यवसायीक शुरुवात गरेकोमा खुशी व्यक्त गर्दै पर्यटन व्यवसायीलाई आकर्षित गर्न लगानी र सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय सरकारको ध्यानाकर्षण गराए ।