३ कार्तिक २०८३, मंगलबार

यो हो विश्वकप खेल्ने उरुग्वेको टिम

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २० जेठ । दक्षिण अमेरिकी देश उरुग्वेको विश्वकप फुटबलका लागि टोली घोषणा भएको छ । प्रशिक्षक ओस्कार ताबारेजले रुस विश्वकप फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यो टिममा ग्यासटोन रामिरेज परेका छैनन् । यस्तै निकोलास लोडेइरो र फेडी भाल्भेर्डी पनि टोलीमा अटाएनन् । तर गुइलेर्मो भारिला भने टोलीमा परेका छन् । उरुग्वेको टोलीमा चार वर्षअघिको विश्वकप खेलेका ११ खेलाडी छन् ।

यस्तै ८ वर्षअघि दक्षिण अफ्रिका विश्वकप खेलेका सात खेलाडी टिममा छन् । त्यो बेला उरुग्वे सेमिफाइनलसम्म पुगेको थियो ।

यो विश्वकपका लागि उरुग्वेको टिममा लुइस स्वारेज, एडिसन काभानीसहितका स्टार खेलाडी छन् । समूह ए मा रहेको उरुग्वेले समूह चरणमा आयोजक रुस, साउदी अरेबिया र इजिप्टको सामना गर्नेछ ।

टिमको गोलरक्षकमा मार्टिन क्याम्पाना, फर्नान्डो मुस्लेरा, मार्टिन सिल्भा रहेका छन् । डिफेन्डरसमा मार्टिन कासिरेस, सेबास्टिएन कोएटेस, जोसे मारिया गिमिनेज, डिएगो गोडिन, म्याक्सिमिलिएनो परेइरा, ग्यासटन सिल्भा, गुइलेर्मो भारेला तथा मिडफिल्डरसमा जियोर्जियन डी एर्रास्काएटा, रोड्रिगो बेनटान्कुर, डिएगो लाक्साल्ट, नाथिटन नान्डेज, क्रिष्टिएन रोड्रिग्वेज, कार्लोस सान्चेज, लुकास टोरेइरा, माटिएस वेकिनो, जोनथान उरेटाविस्काया रहेका छन् ।

फरवार्डसमा एडिसन काभानी, म्याक्सिमिलिएनो गोमेज, लुइस स्वारेज, क्रिष्थिएन स्टुएनी रहेका छन् । एजेन्सी