डोल्पा, १९ जेठ । दुनै बजारको एक घरमा आगालागी भएको छ । शनिबार दिउँसो २ बजे तिर बजारको ध्रुब होटेल नजिकै रहेको पबित्रा बडुवालको घरमा आगलागी भएको हो ।
घरमा जडान भएको विजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिव ५ लाख बराबरको क्षती भएको छ ।
अमर बहादुर बडुवालकी छोरी पवित्रा बडुवालको नाममा रहेको घरमा आफैले होटल सञ्चालन गर्दै आएका थिए । घर भित्र रहेका होटेलमा प्रयोग हुने भाँडाकुँडा, टेवल, एलइडी टीभी, गलैँचालगायत सबै जलेर नस्ट भएका छन् । आगलागी भएको थाहा भएपछि स्थानीयले नियन्त्रण मा लिएकाले थप क्षती नभएको धु्रब होटलका प्रोपाइटर ध्रुब शाहीले बताए ।












प्रतिक्रिया