५ कार्तिक २०८३, बिहिबार

दाङमा मकैखेतीको लागि दुई जातका बीउ सिफारिस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १९ जेठ । कुषि विकास कार्यालयले यसपटक दुईवटा जातको मकैको बीउ सिफारीस गरेको छ ।

कार्यालयका बाली विकास अधिकृत सुमन खनालका अनुसार सिफारिस गरिएका बीउमा अरूण र राम्पुर कम्पोजिट मकैको जात रहेको छ । यी दुवै जातका मकैबाट किसानले उत्पादन तथा बिक्रीको उचित मूल्य पाउने खनालको भनाइ छ ।

कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत ती दुवै मकैको बीउको मूल्य प्रतिकिलो रु ७५ तोकेको छ । यसरी सिफारिस गरिएको बीउ तुलसीपुर क्षेत्रमा ८ सय किलो, घोराहीमा चार हजार १०० किलो र शान्तिनगरमा एक हजार ४०० किलो सम्बन्धित क्षेत्रमा रहेका एग्रोभेटमा राखिएको छ । किसानले ती एग्रोभेटबाटै बीउ खरिद गरीरहेका छन् ।

गत वर्ष कार्यालयले अनुदानमा १६ टन मकैको बीउ वितरण गरेको थियो भने यस पटक ६ टन मात्र बीउ वितरण गरेको अधिकृत खानलले जानकारी दिए । यस वर्ष प्रत्येक गाउँपालिका र नगरपालिकाले बीउ वितरण गर्ने छन् । जिल्लामा २४ हजार हेक्टर क्षेत्रफलमा मकैखेती गरिन्छ । रासस