जनेभा, १९ जेठ । लिवियामा मानव तस्करहरुद्धारा १२ जना आप्रवासीहरु मारिएका छन् भने अरु कैयौं घाइते भएका छन् ।
इथोपिया, सोमालिया लगायतका देशबाट भागेर ल्याइएका नागरिकलाई मानवतस्करहरूले हत्या गर्ने गरेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थी सम्बन्धी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ ।
‘अनुगमनकर्ताहरूका अनुसार भाग्न लागेका मानिसहरूलाई धमाधम गोली हानिएको थियो’, युएनएचसीआरका प्रवक्ता विलियम स्पीन्डलेरले भने ।
गत मे २३ तारिखका दिन लिवियाको राजधानी ट्रिपोली देखि १८० किलोमिटर टाढा पर्ने बानी वालिडमा घटना भएको बताइएको छ ।
‘एक पछि अर्को यस्ता घटनाहरु सार्वजनिक भएपछि लिवियामा शरणार्थी सम्वन्धी चुनौती थप जटिल बनेको देखिएको छ’, स्पीन्डलेरले भने ।
लिवियाका स्थानीय अधिकारीहरूले १४० जनालाई मानव तस्करहरूको नियन्त्रणबाट भगाउन सफल भएका थिए । सिन्ह्वा















प्रतिक्रिया