काठमाडौं । भारतमा मात्रै होइन साउथ इण्डियन फिल्मको दब्दवा नेपालमा पनि छ । झण्डै साउन इण्डियन फिल्मको नायक जस्तै देखिने दीपेन्द्र कोइराला अभिनय भनेपछि निद्राबाट पनि ब्युझिन्छन् । भन्छन्, ‘म प्रोफेसनल अर्थात २४सै घण्टा कलाकारितामा लाग्ने व्यक्ति होइन । तर, अभिनय भनेपछि सबै कुरा भुल्छु ।’
काठमाडौं गौरीघाटका स्थानीय दीपेन्द्रले धेरै फिल्ममा अभिनय गरिसकेका छन् । उनले निर्माण गरेको फिल्म ‘एक्सन’ले राम्रो चर्चा कमाएको थियो । ‘एक्सनमा दपेन्द्रका साथ वरिष्ठ अभिनेता शिव श्रेष्ठले पनि अभिनय गरेका थिए । कलाकारिताका साथै दीपेन्द्रले साइड व्यापार गर्दै आएका छन् । साथीभाई भनेपछि सबै कुरा भुल्ने दीपेन्द्रलाई फिल्ममा लाग्न साथीहरूकै ठूलो योगदान छ ।
त्यसपछि दीपेन्द्रको फिल्मी यात्रा निरन्तर जारी छ । उनी कहिले आफै फिल्म बनाउँछन् भने कहिले अरुका फिल्मा नायक भएर खेल्ने गरेका छन् । ‘फिल्ममा नायक भएर खेलेको छु’, उनले भने, ‘कतिपय फिल्ममा लगानी पनि गरेको छु ।’ दीपेन्द्रको फिल्मी यात्रा ०७० सालबाट शुरु भएको हो । दीपेन्द्रले विगत पाँच/छ वर्षको अवधिमा आधा दर्जन फिल्म खेली सकेका छन् ।
फिल्ममा अभिनय गरेको देखेपछि साथीहरूले प्रशंसा गरेपछि दीपेन्द्र झन् हौसिएका थिए । उनी भन्छन्, ‘पहिला फिल्म मेरो सोख थियो । अब त मेरो अंग नै भएको छ ।’
अहिले आएका नयाँ कलाकार दीपेन्द्रलाई मन पर्छन् । उनी भन्छन्, ‘अनमोल केसी, मरिष्का पोखरेलहरू सम्भावना बोकेका कालकार हुन् । उनीहरूको भविस्य नेपाली फिल्ममा देखेको छु ।’ नयाँ मात्रै होइन पुराना कलाकारको अभियनबाट नायक दीपेन्द्र अत्यन्तै प्रभावित छन् ।
नायक भएपछि कति प्रेमिका बनाउनु भयो भन्ने जिज्ञासामा दीपेन्द्रले भने, ‘तपाईले भने जस्तो होइन । तर, कलाकारितातिर लागेपछि केही ग्ल्यामर्स हुने रहेछ । प्रेम प्रस्ताव नआएको भने होइन । आइरहन्छ ।’ तर, दीपेन्द्रले अहिलेसम्म कसैलाई पनि आफ्नो मन दिएका छैनन् । कहिले विवाह गर्ने भन्ने प्रश्नमा उनी भन्छन्, ‘समय आउनेवित्तिकै हुन्छ ।’
नायक दीपेन्द्रले फिल्म ‘सरकार’बाट ठूलो अपेक्षा लिएका छन् । एक्सन फिल्म मन पराउने उनले अधिकांश फिल्मलाई एक्सन र लभ फरेभरमा निर्माण गरेका छन् ।
















प्रतिक्रिया