
-मिना बुढाथोकी
सल्यान, १८ जेठ । जिल्ला अदालत सल्यानका न्यायाधीश मदन बहादुर धामीले वालविवाह, वहुविवाह, जवरजस्ती करणी, सम्वन्ध विच्छेद जस्ता घटना सल्यान जिल्लाको मानवअधिकारको लागि चिन्ताको विषय बनेको बताएका छन् ।
जिल्लाको मानवअधिकारको अवस्थाबारे बुझ्न सल्यान आएको इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीसँगको छलफलमा न्यायाधीश धामीले एक वर्षमा सल्यान जिल्ला अदालतमा तीन सय बढि सम्वन्ध विच्छेदका मुद्दाहरु आउने गरेको बताए ।
यसरी अदालतमा दर्ता भएका मध्ये अधिकांश सम्बन्ध विच्छेदका मुद्दाहरुमा कम उमेरका रहेको उनले बताए । बाल विवाह जिल्लाको मानवअअधिकार, महिलाअधिकार र वालअधिकारको रक्षाका लागि सामाजिक रुपमा अभियान नै चलाइनुपर्ने उनले बताए ।
विभिन्न नाटक, जनचेतनामुलक कार्यक्रम तथा नीतिगत रुपमा यसका बारेमा काम हुन सकेमा सल्यान जिल्लाको मानवअधिकारको अवस्थामा सुधार आउने उनको भनाई छ । उनले स्थानीय तहको न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका । स्थानीय तहमा रहेका न्यायीक समितिबाट प्रभावकारी सेवा विस्तारको लागि उनिहरुको क्षमतालाई पनि समय सापेक्ष बनाउदै लैजानुपर्नेमा न्यायाधीश धामीले जोड दिए ।
इन्सेक क्षेत्रीय कार्यालय नेपालगंजबाट आएको टोलिले यहाँका मानवअधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न पक्षहरुसँग शुक्रबार भेट गरेको छ । टोलीमा इन्सेक क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख भोला महत, अधिकृत नारायण सुवेदी लगायतको सहभागिता रहेको थियो ।
स्थानीय तह संचालन भएयता जिल्लाको मानवअधिकारको अवस्थाका बारेमा जानकारी लिने आप्mनो उद्देश्य रहेको ईन्सेक क्षेत्रीय प्रमुख भोला महतले बताए । मानवअधिकारकर्मीले अहिले जनता र स्थानीय जनप्रतिनिधिकाबीच पुलको काम गर्नुपर्ने बेला आएको महतले बताए ।












प्रतिक्रिया