२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकको नयाँ शाखा पर्साको लंंगडिमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ जेठ । एनआईसी एशिया बैंकको धोबिनी गाँउपालिका वडा नं ४, लंगडि, पर्सामा स्थापित शाखाको शुक्रबार उद्घाटन गरिएको छ । धोबनी गाँउपालिकाका प्रमुख सुरेश प्रसाद कुर्मीले शाखाको औपचारिक उद्घाटन गरे । योसँगै एनआईसी एशिया बैंकको शाखा संख्या २१८ पुगेको छ ।

बैंकले मुलुकभर २१८ शाखा, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको छ । एनआईसी एशिया सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६३ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११३ अर्ब र कुलनिक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।