२ कार्तिक २०८३, सोमबार

सिभिल बैंकद्वारा महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


झापा, १८ जेठ । सिभिल बैंक लिमिटेडले आफ्नो दमक शाखा संचालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण गरेको हो ।

बेन्चहरु सिभिल बैंकका विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले महालक्ष्मी आधारभूत विद्यालयका ब्यवस्थापन सािमति अध्यक्ष राजु तामाङ तथा दमक नगरपालिका वडा नं ९ का अध्यक्ष रामबहादुर धिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारी, विद्यार्थी, अभिभावक तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवीलगायत सर्वसाधरणको उपस्थिति थियो ।

शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन् गर्दै विद्यालयलाई बेन्च हस्तान्तरण गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।