
काठमाडौं, १८ जेठ । ३८ क्विन्टल सुन तस्करीका अभियुक्त निलम्बित एसएसपी श्याम खत्रीले सनम हत्याका समेत अभियुक्त रहेका चुडामणी उप्रेती गोरेले आफुलाई नमान्ने र नगन्ने गरेको बयान जिल्ला अदालत मोरङमा दिएका छन् ।
थुनछेक बहसपछि पूर्पक्षका लागि जेल चलान गरिसकिएका खत्रीले १२ पन्ने बयान दिने क्रममा विहीबार अदालतमा गोरे डिआइजी गोविन्द निरौलासँग चिनजानमा रहेका कारण आफुलाई नगनेको भन्दै उसलाई नचिन्ने पनि दाबी गरेका छन् ।
प्रहरीको एक समुहले आफुविरुद्ध गोरेलगायतलाई प्रयोग गरेको दाबीसहित खत्रीले फसाउन खोजिएको बताएका छन् ।
आफु १ नम्बरमा डिआइजीमा बढुवा हुन लागेपछि विरोधी समुहले फसाउने षडयन्त्र गरेको उनले बयानमा भनेका छन् ।
सुन तस्करी काण्ड खुलासा भई छानविन समिति गठन भएपछि एसएसपी खत्री फरार थिए ।
विमानस्थलको गेटमा आफ्ना केटाहरुसँग झगडा गरेका बेला गोरेलाई थर्काएको बयानमा उल्लेख गरेका खत्रीले भनेका छन्, ‘त्यो डीआईजी गोविन्द निरौलाको साथीको छोरा भन्दै मलाई सरुवा गरिदिन्छु भन्दै हिँड्थ्यो रे ।’















प्रतिक्रिया