२१ कार्तिक २०८३, शनिबार

पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा महासंघको आपत्ती

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ जेठ । समाचार संकलनका क्रममा ५ जना पत्रकारलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको जनाएको ।

विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा दिउँसो तीन बजेतिर समाचार संकलन गरिरहेका अनलाइन टिभी अन्नपूर्णका पत्रकारहरू राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, राजकुमार विष्ट र विनोद देवकाटालाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर मानसिक तनाव दिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको महासंघले जनाएको छ ।

‘पत्रकारको समाचार संकलन गर्ने संविधानप्रदत्त अधिकारलाई बिर्सेर आमनागरिको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको महासंघको ठहर छ’, जारी विज्ञप्तीमा भनिएको छ, ‘महासंघ प्रहरीबाट भएको यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नुका साथै पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाउन सरकारसँग माग गर्दछ ।’