५ कार्तिक २०८३, बिहिबार

शुक्रबार पनि घट्यो सुनको मूल्य, थाहा पाउनुहोस् कति छ ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ जेठ । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले नै घटेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज स्थिर छ । शुक्रबार तोलामा ७ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।