
पाल्पा, १८ जेठ । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
लक्ष्मी बचत सहकारीका समितीका प्रतिनिधिहरु रामपुरका सहकारीको अवलोकन भ्रमणमा आएको लु १ ख ९७५ नम्बरको बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि तानसेन लगिएको छ ।
बसमा १७ जना यात्रु रहेको बताइ पनि विस्तृत विवरण आउन बाँकी छ ।साथै गाडिमा च्यापिएकोलाई उद्धार गर्न भिरालो ठाउँ र पानी परिरहेकाले गाह्रो भएको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।
बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।















प्रतिक्रिया