२ कार्तिक २०८३, सोमबार

चाँगुनारायण नगरपालिकाले गर्‍यो लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व संकलन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १७ जेठ । चाँगुनारायण नगरपालिकाले लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

जनप्रतिनिधिले एक वर्षमा गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले करीब रु चार करोड ४५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा रु सात करोड ६९ लाख संकलन गरेको जानकारी दिनुभयो ।

सो अवधिमा १९ ऐन कानून पारित गरेको, नगरपालिकालाई सूचना प्रविधिमा विकास गर्दै घरधुरी सर्वेक्षण, डिजिटलाइज्ड सिस्टम लागू गरेको र पर्यटन क्षेत्रको विकासका लागि कार्यक्रम अगाडि सारेको जनाइएको छ ।

त्यस्तै २४ सै घण्टा तयारी अवस्थामा रहन गृह मन्त्रालयसँग सीधै सम्पर्क रहने गरी विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका लागि नगरस्तरीय आपत्कालीन कार्य सञ्चालन गरिने भएको छ । नगरपालिका क्षेत्रमा शतप्रतिशत विद्यार्थी भर्ना व्यवस्था गरिएको, सडक निर्माण, शिक्षा र स्वास्थ्यको विकास एवं अनुदानको कार्यक्रमलाई अगाडि बढाइएको नगर प्रमुख मिश्रले जानकारी दिनुभयो । –रासस