२१ कार्तिक २०८३, शनिबार

जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सफल पार्न तयारीमा जुट्यो काँग्रेस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । आउँदो असार पहिलो साता मकवानपुरमा नेपाली काँग्रेका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हुँदैछ ।

असार ५, ६ र ७ गते हेटौँडामा हुने भेलाका लागि तयारी शुरु गरिएको छ । यसै सन्दर्भमा बिहीबार विभिन्न ९ वटा समिति निर्माण गरिएको छ । भेलालाई व्यवस्थित ढंगले संचालन गर्न गठित स्थानीय सतितिका संयोजकहरु पनि तोकिएको छ ।

काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा मकवानपुरका जिल्ला सभापति एवं राष्ट्रिय भेला स्थानीय व्वस्थापन समितिका संयोजक ईन्द्रबहादुर बानियाँको अध्यक्षतमा बसेको बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।

जसअनुसार प्रदीप कोइरालाको संयोजकत्वमा प्रचार समिति, आनन्द पराजुलीको संयोजकत्वमा सांस्कृतिक एवं अतिथि समन्वय समिति र गोपीलाल विश्वकर्माको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति बनाइएको छ ।

यसैगरी, अर्जुन तिवारीको संयोजकत्वमा स्वयंसेवक समिति, वुद्ध लामाको संयोजकत्वमा सचिवालय एवं मिडिया सेन्टर संयोजन समिति र राजीव सुवेदीको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ ।

त्यस्तै, आवास व्यवस्थापन समितिमा भरत पराजुली, खाद्यान्न प्रबन्ध समितिमा रामबाबु बानियाँ र प्रदेश संयोजन समितिमा विष्णुप्रसाद लामिछानेलाई संयोजकत्वको जिम्मेवारी तोकिएको छ ।

भेलाको उद्घाटन समारोह एवं बन्द सत्रका सम्पूर्ण कार्यक्रमहरु स्थानीय पलपसा हलमा हुने निश्चित काँग्रेसले जनाएको छ ।