
काठमाडौं, १७ जेठ । एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा विभिन्न तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।
युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पु¥याउने व्यवसायीक सामाजिक उत्तरदायित्व पहलअन्र्तगत एनसेलले यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो ।
यस पहलअन्र्तगत, एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबै भन्दा बढि अंक ल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।
बिहीबार एक समारोहकाबीच ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोक काक्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्रा, सहायक क्याम्पस प्रमुख जीतेन्द्र कुमार मानन्धर र एनसेलका प्रतिनिधीहरुले संयुक्त रुपमा विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेका थिए ।
१२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको थियो । साथै उत्कृष्ट नतिजा ल्याई यी तीन संकायबाट स्नातक उतीर्ण गरेका चार जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।
जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेल सँधै नेपाली युवा प्रतिभाको विकासका लागि प्रतिबद्ध रहेको छ । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानले कम्पनीको यही प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एनसेलले पाँच वर्षदेखि निरन्तर प्रदान गरेका यी छात्रवृत्ति र उत्कृष्टता सम्मानले युवा विद्यार्थीहरुको लगन तथा मेहेनेतलाई कदर गर्दै उनीहरुलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गर्दै आएको छ ।
यस्तो महत्वपूर्ण कार्यका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान तथा केन्द्रिय क्याम्पस पुल्चोकसँग सहकार्य गर्न पाउँदा कम्पनी गौरववान्वित रहेको एनसेलले जनाएको छ ।















प्रतिक्रिया