२१ कार्तिक २०८३, शनिबार

लमजुङमा भीरबाट खसेर एकको मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बेलिना थापा

लमजुङ, १७ जेठ । मर्स्याङदी गाउँपालिका–४ झिर्ते जगतको भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । नुवाकोटको किसपङ गाउँपालिका–१ का ३६ बर्षीय सेते तामाङको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । नुवाकोटबाट तामाङसहित १२ जनाको २ हप्तादेखि झिर्ते जगतमा खानेपानी ट्याङ्की तथा पाइप लाइन निर्माण गर्ने काममा आएका थिए ।

मंगलबार दिउँसो रासन सामाग्री खरिदमा लागि जगत बजारतर्फ गएको र रातीसम्म पनि नफर्किए पछि उनका साथीहरुले खोजी गरेका थिए । उनका साथीहरुले बुधबार बिहान झिर्ते जगतको भिरको गोरेटो बाटोदेखि २ सय मिटर तल भिरमा खरको गाँजमा अड्किएको अवस्थामा फेला पारेको थियो ।

लगत्तै प्रहरी घटनास्थल पुगेका थिए । मृत तामाङको शव पोष्टमार्टका लागि जिल्ला सामुदायिक अस्पताल बेंसीशहरमा ल्याइएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए ।