
काठमाडौँ, १७ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममो क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतनामुुलक कार्यक्रम गरेको छ ।
काठमाण्डौं स्थित भि. एस. निकेतनमा अध्यनरत करिव ३५० भन्दा बढी विधार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुुटुु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रम गरिएको हो ।
साथै बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकासमा बाणिज्य बैंकको भूमिका तथा यसले प्रदान गर्दै आएको सेवा–सुुविधाको बारेमा विधार्थीहरुलाई जानकारी दिएको थियो । कार्यक्रमलाई अझ प्रभावकारी बनाउन हास्य कलाकार मनोज गजुुरेलको समेत उपस्थिति रहेको थियो । यस्ता जनचेतनामुुलक कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिइरहने समेत बैंकले जारी विज्ञप्तीमा जनाइएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १०० स्थानबाट सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा छन् ।















प्रतिक्रिया