
काठमाडौं, १७ जेठ । ३८ क्विन्टल सुन तस्करी काण्डका मुख्य अभियुक्त मध्येका एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गर्नासाथ उनको बयान लिन थालिएको छ ।
विहीबार आत्मसमर्पण गरेका खत्रीलाई सुन तस्करीको नेक्सस थाहा भएको अर्का अभियुक्त चुडामणी उप्रेती गोरेले बयानमा भनेका थिए । खत्रीको बयान विहीबारै सकेर थुनछेक बहस गर्ने तयारी अदालतले गरेको छ ।
तर विहीबार बयान नसकिएको खण्डमा भने शुक्रबार मात्रै थुनछेक बहस हुनेछ । यस प्रकरणमा फरार रहेका ३३ जना मध्ये खत्री अदालतमा उपस्थित भएका हुन् ।















प्रतिक्रिया