३ कार्तिक २०८३, मंगलबार

अवैध नदी उत्खनन्मा प्रयोग भएका एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १७ जेठ । तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मर्स्याङदी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारी साधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार गरिरहेको अवस्थामा ती सवारीसाधन फेला परेकाले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो प्रनाउ मल्लले भन्नुभयो ।

एक सातायता जिल्ला प्रहरी कार्यालय, तनहुँले मर्स्याङदी, सेती, मादीलगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ । –रासस