३० आश्विन २०८३, शुक्रबार

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १७ जेठ । रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए ।

‘हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ’, मत्भीयेन्कोले एक समाचार संस्थासँग भने ।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए । सिन्ह्वा