
काठमाडौँ, १६ जेठ । एनआईसी एशिया बैंकले नयाँ शाखा रौतहटको बौधीमाई नगरपालिका वडा नं ६, बंकुल बजार स्थापना गरेको छ । बैंकको यो शाखा १४३ औं शाखा हो । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप एनआईसी एशियाले शाखा बढाइरहेको छ ।
बंकुलबजार शाखाको बुधबार बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले विधिवत् उद्घाटन गरे । बैंकका मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ सेवा छन् ।
बैंकको वासलातको आकार रू १६२ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११२ अर्ब र कुल निक्षेप करिब रू १३८ अर्ब पुगिसकेको छ । हालसम्म बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया