५ कार्तिक २०८३, बिहिबार

औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो व्यक्त गर्नुभयो ।

सो अवसरमा कतारी राजदूत हेयलले कतारका लगानीकर्ताले नेपालमा लगानी गर्न चाहेकाले द्विपक्षीय लगानीका सम्झौता गरेर अगाडि बढ्न अनुरोध गर्नुभएको थियो ।

उहाँले कतारले वैदेशिक लगानीका लागि जग्गा, प्रवेशाज्ञा एवं अन्य सुविधा उपलब्ध गराउँदै आएकाले नेपालले पनि जग्गासहित अन्य आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो । नेपालले कतारमा चिया, कफी एवं हाते कागज निर्यात गर्दै आइरहेको जनाइएको छ । –रासस