
काठमाडौं, १५ जेठ । भारतीय जनता पार्टीका नेता तथा देह्रादुनका एमएलए गणेश जोशीले देह्रादुनदेखि काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गरिने बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै जोशीले आफूले देह्रादुन र काठमाडौबीच सिधा बस सेवा सञ्चालनको लागि प्रयत्न गरिरहेको बताए ।
‘नेपाल भारत सम्बन्धलाई थप मजबुद बनाउन देह्रादुन देखि काठमाडौंसम्म सिधा सम्पर्कका लागि हामीले पहल गरिरहेका छौं । अब केही समयभित्रै देह्रादुनदेखि काठमाडौ सिधा बस सेवा सञ्चालनमा आउने छ’, उनले भने ।
यसका साथसाथै आफूले देह्रादुन देखि काठमाडौंसम्म सिधा हवाई सेवाका लागि समेत पहल गरेको उनले बताए । देह्रादुन देखि काठमाडौंसम्म सिधा हवाई सेवाका लागि समेत पहल गरेको तर भन्सारका कारणले त्यो विषय अगाडि बढ्न नसकेको उनले बताए ।
त्यसको लागि आफूले दिल्लीसम्म आवाज उठाएको र निकट भविष्यमै यसको पनि समाधान हुने र देह्रादुन देखि काठमाडौंसम्म सिधा हवाई सेवा सञ्चालनमा आउने उनले जनाए ।
तीन दिने अनौपचारिक नेपाल भ्रमणमा आएका जोशीले मंगलबार काठमाडौंमा नेपाल भारत मैत्री संघद्धारा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । उक्त अवसरमा जोशीले नेपाल भारत सम्बन्धलाई थप मजबुद बनाउँदै जनस्तरसम्म पु¥याउन आफूले हरप्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री डम्बर नारायण यादवले नेपाल भारत सम्बन्ध राजनैतिक रुपमा मात्र हेर्न नहुने बताए । ‘नेपाल भारत सम्बन्धलाई राजनीतिक रुपमा मात्र हेर्न हुँदैन । हाम्रो सम्बन्ध राजनीति भन्दा निकै परसम्मको रहेको छ र यस्तो सम्बन्ध अन्य कुनै देशसँग बन्न पनि सक्दैन’, उनले भने ।
कार्यक्रममा राजनीतिक विश्लेषक विपिन देव, साउथ एसिया फ्राटरनीटि सोसाइटीका अध्यक्ष महाविर प्रसाद सिंह तथा नेपाल भारत मैत्री संघका उपाध्यक्ष शेखर गिरीले समेत बोलेका थिए ।















प्रतिक्रिया