५ कार्तिक २०८३, बिहिबार

कतार एयरवेजद्वारा प्रिमियम ग्राहकहरू लागि नयाँ अन–बोर्ड डाइनिङ सेवाको सुरुवात

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
काठमाडौँ, १५ जेठ । कतार एयरवेजले आफ्ना प्रिमियम ग्राहकहरूलाई लक्षित गर्दै एक रोमाञ्चक नयाँ अन–बोर्ड डाइनिङ सेवाको सुरुवात गरेको छ , जुन यसको युरोपियन मार्गहरूबाट सुरु हुनेछ । यस सेवाअन्तर्गत नौलो डिजाइनको टेबलवेयर, इन–फ्लाइट मेन्यु, कट्लेरी तथा चाइनावेयर जसले यात्रुहरुका उच्च अपेक्षाहरु पूरा गर्दै उनीहरुको यस प्रतिष्ठित उडान सेवाको अनुभवलाई उच्च गर्दछ ।

कतार एयरवेजले मेन्यु तयार गर्ने प्रक्रियामा अन्तर्राष्ट्रिय परिकारहरुमा पनि अधिक ध्यान केन्द्रित गर्दै आफ्ना उडान मार्गका आधारमा विभिन्न व्यञ्जनहरु समावेश गरेको छ । जसअन्तर्गत इटालियन खण्डमा पोर्सिनी र ट्रफल रिसोटो पनि पर्दछन् । साथै, मध्यपूर्वी क्षेत्रको स्वाद प्रदान गर्दै कब्सा, बिर्यानी तथा फ्लेम ग्रिल्ड मिटजस्ता परम्परागत रूपमा तयार गरिएका परिकार सम्मिलित यस मेन्यूले धेरै उडान मार्गका यात्रुहरुलाई थप विकल्प प्रदान गर्दछ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘हामी यस नयाँ अन–बोर्ड डाइनिङ सेवाको सुरुवात गर्न पाउँदा धेरै उत्साहित छौँ जसले हाम्रा यात्रुहरुको प्रिमियम उडान सेवालाई नयाँ उचाइमा पुर्‍याउने छ । प्रत्येक नयाँ कन्सेप्ट हाम्रा यात्रुहरुको स्तरलाई बराबरी गर्ने लक्ष्यले विस्तारपूर्वक गुणस्तरमा ध्यान पु¥याई डिजाइन गरिएको छ ।’

संसारभरिका यात्रीहरुद्वारा स्काइट्रेक्स २०१७ वर्षको सर्वाेत्कृष्ट एयरलाइन घोषित हुनुको साथै कतार राज्यको यस राष्ट्रिय विमान सेवाले गत वर्षको समारोहमा ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’, ‘विश्वको सर्वश्रेष्ठ बिजनेस क्लास’ तथा ‘विश्वको सर्वश्रेष्ठ फस्र्ट क्लास एयरलाइन लाउन्ज’ सहित विभिन्न महत्वपूर्ण पुरस्कारहरु हात पारेको थियो ।

कतार एयरवेज, कतार राज्यको राष्ट्रिय वाहकले १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै आएको छ । एयरलाइनले २०१८ मा थेस्सालोनिकी, ग्रीस र कार्डिफ, बेलायत सहित अन्य धेरै रोमाञ्चक नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउने योजना बनाएको छ ।