
अछाम, १५ जेठ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर अछाममा पनि ३ जना कैदीको कैद मिहान गरेको छ ।
११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको ब्यक्तिलाई प्रत्येक बर्ष गणतन्त्र दिवसको अवसरमा सरकारले कैद मिनाहा गर्ने गरेको छ ।
कैद मिनाह हुनेमा बहुविवाह मुद्धाको अभियोगमा जेल सजाय भोग्दै आएका साँफेबगर नगरपालिका वडा नं. ४ का प्रेम बहादुर बुढा, बहुविवाह मुद्धाको अभियोगका पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ कालिकास्थानका यशोदा शाही र कर्तव्य ज्यान अभियोगका मंगलसेन नगरपालिका वडा नं. १ कुन्तिबण्डालीका टेके कामी रहेको जिल्ला कारागार अछामले जानकारी दिएको छ ।












प्रतिक्रिया