३० आश्विन २०८३, शुक्रबार

साउदी अरबमा अब महिला पनि चालक बन्न पाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियाद, १५ जेठ । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ ।

दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको मन्त्रालयले पुष्टि गरेको छ ।

सहायक आन्तरिक मामिला मन्त्री सइद अल कतानीले कार चलाउन सक्नेहरूले कार चलाउन पाउने बताउनुभयो ।

ट्राफिक नियमको उल्लङ्घन वा अन्य गल्ती गरेमा महिला चालकहरुले पनि पुरुष चालकजस्तै सजायँ तथा जरिवानाको भागिदार हुने मन्त्री सइदले जानकारी दिनुभएको अल अरबीया टेलीभिजनले सोमबार प्रशारण गरेको समाचारमा जनाइएको छ ।

‘जुन महिलाले सवारी साधन चलाउछन्, उनीहरु हाम्रा छोरी वा दिदी बहिनी आदी हुन्, उनीहरु विरुद्ध हुने हिंसा रोक्नु हाम्रो कर्तव्य हो’, उनले भने ।

सुरक्षा चेकजाँच र ट्राफिक व्यवस्थापन पनि महिला चालकलाई ध्यान दिनेगरी मिलाइएको उनले जानकारी दिए ।

साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदले गत सन् २०१७ को नोभेम्बरमा नै महिलालाई सवारी साधन चलाउन बन्देज लगाउने व्यवस्था हटाउन निर्देशन दिए । सिन्ह्वा