
काठमाडौं, १४ जेठ । लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथापुनःस्थापना सेवासँग विभिन्न प्रदेशहरुमा सञ्चालन गर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओयु) भएको छ ।
पहिलो ३ दिने क्याम्प बाराको निजगढमा चलिरहेको छ । आजदेखि शुरु भएको शिविर १६ गतेसम्म चल्नेछ । सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र प्रतिष्ठानका तर्फबाट कार्यक्रम संयोजक माघव प्रसाद अर्याल बीच भक्तपुरको मनहरामा हस्ताक्षर भएको हो ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकका ८४ शाखा, ३ हस्पिटल काउन्टर, १०१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५१ शाखा सहित बैैैंकिङ, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।















प्रतिक्रिया