
उर्लाबारी, १४ जेठ । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई कुनै सुरक्षा थ्रेट नभएपनि सुरक्षाका लागि नीजि अंगरक्षक (पिएसो) लिएको पाइएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका कार्यरत प्रहरी हवल्दार सम्पत राजवंशी मेयर फागोको पिएसोको रुपमा खटिएका हुन् । हवल्दार राजवंशी दिनभरी मेयर फागोसँग हिँड्ने र रात परेपछि प्रहरी कार्यालय फर्किने गरेको स्रोत बताउँछ ।
गृहमन्त्री रामबहादुर थापा (बादल) ले अनावश्यक रुपमा राखिएका पिएसो हटाउने अभियान चलाइरहँदा प्रहरी निकायले यसबारेमा चासो नदिएको स्थानीय बताउँछन् ।
जनताबाट निर्वाचित मेयरलाई सुरक्षाको थ्रेट नभएपनि आफ्नो शानका लागि पिएसो प्रयोग गरेको धेरैको बुझाई छ । फागो मेयरमा निर्वाचित भएदेखि हवल्दार राजवंशीलाई पिएसोका रुपमा राखेका छन् ।
मेयर फागोको पिएसोले मासिक रुपमा नगरपालिकाबाट ३० हजार सम्म खर्च वेहोर्ने गरेको छ ।












प्रतिक्रिया