२१ कार्तिक २०८३, शनिबार

जीप दुर्घटनामा ३ घाइते

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लमजुङ, १४ जेठ । डुम्रे–बेंसीशहर सडकखण्डमा पर्ने बेंसीशहर नगरपालिका १ गाईखुरे झरना नजिकै जीप दुर्घटना भएको छ ।

डुम्रेबाट बेंसीशहर आउदै गरेको ग १ ज ६८४० नम्बरको बलेरो जीप आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक सहित ३ जना घाइते भएका छन् ।

जीप सडकबाट २ सय मिटर तल खस्दा चालक सुन्दरबजार नगरपालिका ९ दुराडाँडाका २२ बर्षीय पदम मक्रान्ती, जिपमा सवार रहेका बेंसीशहर नगरपालिका ८ का २५ बर्षीय दिनेश बस्याल र मर्स्याङ्दी गाउँपालिका ९ घनपोखराका २३ बर्षीय कृष्ण गुरुङ घाइते भएका हुन् ।

उनीहरुको जिल्ला सामुदायिक अस्पताल बेंसीशहरमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरी निरीक्षक गौरब महतले जानकारी दिए ।