
-आकाश देबकोटा
बाँके, १३ जेठ । तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता बाँकेको खजुरामा जेठ २१ देखि २८ सम्म हुने भएको छ ।
खजुराको डिगाउँस्थित आदर्श आधारभूत विद्यालयको खेल मैदानमा हुन लागेको गोल्डकप प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ, संकटा, च्यासल, सुदूर पश्चिम ११, रुपन्देही–११, घरेलु टिम नेपालगन्ज ११ र भारतको पञ्जाब टिम गरी ८ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
बाँके जिल्ला फुटबल संघले आयोजना गर्दै आएको पहिलो र दोस्रो गोल्डकप नेपालगन्ज रंगशालामा भए पनि आठौं राष्ट्रिय खेलकुदका लागि रंगशालाको मर्मत भइरहेकाले तेस्रो गोल्ड कप खजुरामा गर्न लागिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
अत्याधिक गर्मी भएका कारण प्रतियोगिता हरेक दिन साझ ५ बजेदेखि सुरु हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले जानकारी दिए ।
७५ लाखको लागतमा हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख, द्वितीय हुने टिमलाई २ लाख ५१ हजार, म्यान अफ दि सिरिजलाई मोटरसाइकल र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई एउटा मोबाइल सेट पुरस्कार दिइनेछ ।
बाँकेको खजुरास्थित डाँफे स्पोट्र्स कल्बसँग सहकार्य गरेर संघले प्रतियोगिता आयोजना गर्न लागेको शाहीले जानकारी दिए । यसअघि भएको पहिलो गोल्डकपमा सुदूरपश्चिम ११ र दोस्रो गोल्डकपमा रुपन्देही ११ ले उपाधि हात पारेका थिए ।















प्रतिक्रिया