२१ कार्तिक २०८३, शनिबार

प्रदेश नं. ४ को पहिलो पूर्ण सरसफाईयुक्त वडा घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तनहुँ, १३ जेठ । प्रदेश नं ४ को प्रथम पूर्ण सरसफाईयुक्त वडा घोषणा सम्पन्न भएको छ । ४ नं. प्रदेश अन्तरगत तनहुँ जिल्ला भानु नगरपालिका वडा नं १३ लाई पूर्ण सरसफाई घोषणा गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसानले साबुन पानीले हात धोएर पूर्ण सरसफाईयुक्त वडा घोषणा गरे । श्रेष्ठले प्रदेश नं. ४ को नै पहिलो सरसफाईयुक्त घोषणा गर्नु गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । घोषणाले तनहुँ जिल्ला र विशेष गरेर तनहुँ क्षेत्र नं १ को गर्विलो विषय बनेको हुदाँ अब उप्रान्त सरसफाईमा निरन्तरता दिएर स्वास्थ्य हुन चुनौती रहेको बताए ।

जनताले आफूलाई अत्याधिक मत दिएर विजयी गराएको हुदाँ जनताको जनचासोमा आफ्नो भूमिका हुने बताए । सरसफाईले मानिसको जीवनको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने हुँदा भानुको वडा नं १३ ले अन्य वडा र क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने बताए ।

यसैगरि जिल्ला समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्लेले भानु वडा नं १३ को पूर्ण सरसफाई वडा घोषणा गरिरहँदा स्थानीय जनताको चेतनास्तरको उच्चतम मापन भएको बताए ।

स्वास्थ्य नै मानव जीवनको सर्वोतम पक्ष भएकोले पूर्ण सरसफाईले सकारात्मक सन्देश दिदाँ आफूलाई खुशी लागेको र त्यसको निरन्तरतामा ध्यान दिन अनुरोध गरे ।