३ कार्तिक २०८३, मंगलबार

नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीले जवाफ दिदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आइतबार जवाफ दिदैछन् । बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्नेछ भने दिउँसो १ बजे राष्ट्रियसभाको बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । गएको सोमबार (जेठ ७ गते) राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथि दुवै सदनमा तीन दिन सम्म भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लागेका हुन् । प्रमुख विपक्षी नेपाली कांग्रेस र मधेशवादी दलका सांसदले नीति तथा कार्यक्रममाथि संशोधन समेत हालेका छन् । विशेष गरि कांग्रेसले राष्ट्रपतिबाट सम्बोधन हुने क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नभएको भन्दै संशोधन हालेको हो ।

कांग्रेसले नीति तथा कार्यक्रमका अन्य विषयमा भन्दा पनि राष्ट्रपतिले सभामुख महोदय र अध्यक्ष ज्यू नभएको कुरालाई संसदमा पनि महत्वका साथ उठाएको छ । स्वयं कांग्रेस सभापति शेरवहादुर देउवाले समेत नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा यो विषय उठाएका थिए ।सरकारले भने संघीय संसद सचिवालयको संयन्त्रले दिएको राय सुझाव र संसदले बनाएको बिधी अनुसारनै राष्ट्रपतिको सम्बोधन तय भएको बताइसकेको छ ।

नीति तथा कार्यक्रममाथि छलफलका क्रममा मधेशवादी दलले संविधान संशोधनको प्रतिबद्धता नआएको बताएका छन् । उनीहरुले यस विषयमा संशोधन समेत हालेका छन् । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले सोही कार्यक्रम कार्यन्वयनका लागि जेठ १५ गते बजेट पेश गर्ने कार्यतालिका छ ।