२१ कार्तिक २०८३, शनिबार

सांसदको सहभागितामा बैतेश्वर गाउँपालिकाको सेवा प्रवाहको अनुगमन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दोलखा, १२ जेठ । बैतेश्वर गाउँपालिकाले सेवाको गुणस्तर र सेवाग्राहीको सन्तुष्टिका विषयमा अनुगमन तथा अन्तरक्रिया गरेको छ । सेवा प्रवाहको अवस्था, वर्तमान स्थिति, सेवा प्रवाहका प्रावधानहरु, सेवाको गुणस्तर एवं समस्याहरुको बारेमा आम सर्वसाधारण एवं अन्य सरोकारवालाहरुलाई जानकारी गराई आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम, एवं बजेट निर्माणको विषयमा छलफल गरि सुझाव प्राप्त गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षता तथा प्रतिनिधिसभाका सांसद पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अनुगमन कार्यक्रममासांसद शान्तिकुमारी तामाङ, प्रदेश सभाका सांसद पशुपति चौलागाईं, बिशाल खडका, हिमाली गोले, जिल्ला समन्वय समितिका दोलखाका प्रमुख डवल पान्डे, बैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति थियोे ।

संयुक्त टोलीले अनुगमनका क्रममा गैरीमुदीको बुद्धपार्क, फ्रान्सेली संस्थाको सहयोगमा निर्मित बिष्णु मावि भवन, वडा नम्बर १, ३ र ५ को निर्माणाधिन वडा कार्यालय भवन, इटा भट्टा उद्योग, गोपिखोला पाडु क्षत्रपा द्रुतमार्ग, गाउँपालिकाको स्थायी कार्यालय पाडुडाडा, हालको गाउँपालिकाको अस्थायी कार्यालय लगायत ठाउँहरुको अवलोकन तथा अनुगमन गरेको छ ।

अनुगमन पश्चात आयोजित अन्तक्रिया कार्यक्रममा बैतेश्वर गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत नवराज पराजुलीले हालसम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै यस गाउँपालिकाको चालू आर्थिक वर्षमा चालू खर्च तर्फ कुल बजेटको ५२.५२ प्रतिशत र बिकास बजेट तर्फ ५३.६८९ प्रतिशत खर्च भएको बताए । उनका अनुसार गाउँपालिकाले सबै वडाहरुबाट व्यक्तिगत घटना दर्ता लगायतका प्रशासनिक कामकारवाही अनलाईनबाट सन्चालन गरिएको र यो सेवा दिने दोलखाकै पहिलो गाउँपालिका बैतेश्वर रहेको दाबी गरे । उनका अनुसार गाउँपालिकाले भूकम्पबाट क्षतिग्रस्त आवास पुननिर्माणमा तेश्रो किस्ता प्रमाणिकरणमा ६०.५४ प्रतिशत प्रगति हासिल गर्दै जिल्लाकै पहिलो स्थान ओगट्न सफल भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्यले आगामी बर्षका सम्भावित प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्दै उक्त कार्यक्रम तथा गाउँपालिकाले प्रस्ताव गरेका योजनाहरु संचालन गर्न संघीय सरकार तथा प्रदेश सरकारको सहयोग चाहिने भन्दै प्रतिनिधिसभाका सदस्य तथा प्रदेश सभाका सदस्यको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सांसदहरुले गाउँपालिकाले अघि सारेको योजनाहरु सम्पन्न गर्न आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै यस किसिमको कार्यक्रमले आम नागरिक तथा सरोकारवालाहरुलाई सार्वजनिक निकायबाट हुने काम कारवाहीको बारेमा जानकारी पाई कामको पारदर्शीता हुने भन्दै धन्यबाद व्यक्त गरे ।